Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, धनकुटा

ईलाका प्रशासन कार्यालय राजारानी, धनकुटा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, धनकुटा

ईलाका प्रशासन कार्यालय राजारानी, धनकुटा

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक सेवा बडापत्र 2076-07-25

नेपाल सरकार

गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय  राजारानी, धनकुटा

नागरिक वडापत्र

 

सि. नं.

काम

काम सम्पन्न हुने अवधि

आवश्यक पर्ने कागजात एवम् प्रमाण

लाग्ने सरकारी दस्तुर

सम्बन्धित फाँट

1.

क) बंशजको आधारमा नागरिकताको प्रमाण पत्र जारी गर्ने

प्रमाण / कागजात पुगेको दिन

  • सम्बन्धित वडा अध्यक्षको सिफारिश भएको अनुसूची फाराम नं. १
  • पासपोर्ट साइजको फोटो ५ प्रति
  • वंशज खुल्ने बाबु वा आमा वा ३ पुस्ताभित्रको कुनै परिवार सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निजको सनाखत
  • जन्मदर्ता / शैक्षिक योग्यताको प्रमाणपत्र
  • विवाहित महिलाको हकमा बाबु आमा लगायतका वंशजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी साथमा पति/सासु/ससुरा/देवर/जेठाजु/नन्द/आमाजु मध्ये कुनै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिप, निजको सनाखत र विवाह दर्ता प्रमाणपत्र
  • परिवारका कुनै पनि सदस्य र तिनको नागरिकता नभए बंशजको नाताले नागरिकता पाउन सक्ने र वंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु
  • बसाईं सरी आउनेको हकमा बसाइसराइ दर्ता प्रमाणपत्र र स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत
  • जन्मका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकका सन्तानको हकमा नयाँ नागरिकता ऐन जारी भए पश्चात सोही बमोजिम हुनेछ ।

रु. १०।– को टिकट

नागरिकता फाँट

ख) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

निवेदन परेको दिन

  • सम्बन्धित वडा अध्यक्षको सिफारिश भएको अनुसूची २
  • पुरानो, च्यातिएको, नासिएको, झुत्रो भएको नागरिकता भए सो को सक्कलैप्रति

रु. १३।-को टिकट

नागरिकता फाँट

  • कार्यालयमा कुनै कारणवस अभिलेख नासिएको, च्यातिएको, जली नष्ट भएको वा यस्तै कुनै कारणले अभिलेख नभेटिएको अवस्थामा नयाँ नागरिकताको प्रमाणपत्र लिए सरहको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

रु. १३।-को टिकट

नागरिकता फाँट

2.

  1. द्रुत राहदानी सिफारिश

प्रमाण / कागजात पुगेको दिन

  • नागरिकता/नावालक परिचयपत्रको छाँयाप्रति
  • बसाई सरी आएको भए बसाई सराईको प्रमाण, जग्गा धनी प्रमाण पूर्जा वा मतदाता नामावल
  • विवाह गरी आएको भए विवाह दर्ता प्रमाणपत्र
  • सम्बन्धितजिल्लाकोना.प्र.पत्रकोअभिलेख

रु. १०।- को टिकट

 

राहदानी फाँट

  1. राहदानी कार्यालयमा पेश गर्नेको हकमा

प्रमाण / कागजात पुगेको दिन

  • नागरिकता/नावालक परिचयपत्रको छाँयाप्रति
  • बसाई सरी आएको भए बसाई सराईको प्रमाण वा जग्गा धनी प्रमाण पूर्जा वा मतदाता परिचय पत्र
  • विवाह गरी आएको भए विवाह दर्ता प्रमाणपत्र
  • सम्बन्धित जिल्लाको ना.प्र.पत्रको अभिलेख

 

राहदानी फाँट

3.

नाम, थर वतन फरक परेको  सिफारिश

सामान्य फरक परेकोमा निवेदन परेकै दिन

  • फरक परेका प्रमाण कागजात
  • वडाको सिफारिश
  • व्यहोरा सहितको निवेदन

रु. १०।– को टिकट

प्रशासन फाँट

4.

आदिवासी, जनजाति/दलित/ मधेशी प्रमाणित

प्रमाण / कागजात पुगेको अवस्थामा  निवेदन परेकै दिन

  • वडाको सिफारिश
  • स्वयम् व्यक्तिको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि

रु. १०।– को टिकट

प्रशासन फाँट

5.

नावालिग परिचय पत्रसम्बन्धी

प्रमाण / कागजात पुगेको दिन

  • बाबु / आमाको नागरिकता प्रमाणपत्रको छाँयाप्रति सहित सनाखत गर्ने ब्यक्ति।
  • बाबु / आमाको विवाह दर्ता प्रमाणपत्र
  • जन्मदर्ता प्रमाणपत्रको छाँयाप्रति
  • शैक्षिक योग्यताको प्रमाणपत्रको छाँयाप्रति
  • हालसालै खिचिएको फोटो ५ प्रति
  • सम्बन्धित वडा अध्यक्षको सिफारिस

रु. १०।– को टिकट

प्रशासन फाँट


पछिल्लो अपडेट गरिएको : 2083-01-03 11:51:26

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय राजारानी, धनकुटा .